दोलखामा भत्ता लुट्ने उदेश्यले एक वृद्धको हत्या

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा एक वृद्ध भत्ता लुट्ने उद्देश्यले एक वृद्धाको हत्या भएको खुलेको छ ।
कालिञ्चोक– ६ पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्ध भत्ता बापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको खुलेको दोलखा प्रहरीले जनाएको छ।
आइतबार जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गर्दै वृद्ध हत्या गर्ने ब्यक्ति सार्वजनिक गरेको हो ।

दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले बताउनुभए अनुसार वृद्धको हत्या सोही गाउँपालिका वडा नम्बर ४ घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै लागि खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए।

कार्की साउन ९ गते राति मृतक वृद्धाकै घरमा बास बसेक थिए । बास बसेकै राती कार्कीले खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी खड्काले बताउनुभयो ।

साउन ११ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। हत्यापछि फरार रहेका उनलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरिएको थियो ।

काठमाडौँबाट घर फर्कने क्रममा हत्या गर्ने युवक वृद्धको घरमा बास बसेका थिए। वृद्धाले कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुत्नुभएको थियो।

कार्कीले राती आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले दोलखा प्रहरीले जनाएको छ।

 

Back to top button